कम्युनिष्ट पार्टी स्थापना भएको ७५ बर्ष पुरा भईसकेको छ । उमेरको हिसाबले प्रौढ अबस्था पार गरेर बृद्व अवस्थामा पुगेको छ ।
स्थापनाकालदेखि हालसम्म आउँदा कम्युनिष्ट पार्टीले विभाजन एकता विभाजनका थुप्रै श्रङखलाहरु पार गर्दै आएको कम्युनिष्ट पार्टीले सन्चालन गरेको वर्गसंघर्षका आधीमय दिनहरु पार गरेर आएका कम्युनिष्ट पार्टीको आन्दोलनको विगतजति गरिमामय थियो । वर्तमान त्यति गौरब गर्न लाएक देखिदैन ।
एक काल खण्डमा निकै चर्को कडा त्रान्तिकारी देखिएका नेता कार्यकर्ताहरु अर्को कालखण्डमा आईपुग्दा त्यसको ठिक उल्टो देखिने क्रम बढ्दै गइरहेको छ ।
कम्युनिष्ट र गैरकम्युनिष्टबिचको भेट मेटिदै गइरहेको छ । सिद्वान्त र ब्यवहारमा एकरुपता देखिदैन नेता नेता ,नेता र कार्यकर्ता अनि कार्यकर्ता -कार्यकर्ता बिचको सम्बन्धमा हार्दिकता छैन् ।
बरु नेता बन्न नेताको चाकडी गर्ने गुडबन्दी गर्ने नेता र नेताका परिवारको जन्म दिन , शुभ बिवाह आदि घोकेर सामाजिक संन्जालमा प्रचार-प्रसार गरिदिने नितान्त नेता बन्ने र अवसर खोज्नेहरुको ठूलो जमात पाटी भित्र देखिन्छ ।
एक अर्कामा समस्या पर्दा सहानुभूतिसम्म देखाउँने चलन पनि हराउँदै गइरहेको छ । कम्युनिष्टहरुले एक अर्कोमा स़म्बोधन गर्ने शब्द कमरेड शब्द हराउँदै गइरहेको छ ।
आजभोली भेटघाट हुदा दाजु-भाई दिदिबहिनी भाउजू काका आमा अझ भन्ने हो भने त झन सर म्यादम शब्दावली प्रयोग गर्ने गरेको देखिन्छ । अहिले कम्युनिष्ट को हो र ?
कोहि हैन भन्ने कुरा छुट्याउँन जनतालाई निकै सकस छ । वल्लो घरको कम्युनिष्ट र पल्लो घरको कांग्रेस दुबैको बानी ,व्यवहार ,आचरण स्वभाव जीवनशैली एकै प्रकारका छन् ।
फरक त केवल पार्टिको नाम शब्दमात्र देखिन्छ । यी यस्ता पद्वतीहरु देखेर आजभोलि जनता राजनैतिक सिद्वान्त छाडेर कसले के बोल्छ भन्दा पनि के गर्छ भन्ने कुरा प्राथमिक दिन थालेका छन् ।
राजनैतिक दलहरु यथार्थतः साँचो कुरा जनतालाई सम्प्रेषण नगरी धुत्याई गर्दछन् । उनीहरुलाई यहि धुत्याईले गर्दा गलपासो बन्ने संकेत देखापरिरहेको छ ।
नेता कार्यकर्ताहरुमा पनि माक्सबार्दको आधारभूत सिद्वान्तबाट दिक्षित छैनन् । राजनितिक कमाई खाने भाँडो हो भन्ने जनताको बुझाईमा पर्न पर्न गएको छ । र पार्टिको स्थिति पनि त्यस्तै बन्न पुगेको छ । राजनिति भनेको सबै नितिहरुको पनि निति अथवा राज्य संचालनको मूलनिति हो ।
राजनिति जनसेवा सँग संम्बन्धित बिषय हो । तर यो अहिले व्यवसाय जस्तै बनेको छ । खास राजनितिक दलहरु, ईमान्दार ,जनताप्रति समर्पित दुरदर्शि त्यागी नेता कार्यकर्ताहरुको खडेरी परेको छ ।
अहिले राजनैतिक दलहरुमा उद्योगपती,व्यावसाय , ठेकेदार ,अबकाश प्राप्त सुरुक्षाकर्मीका अफिसर, अबकाश प्राप्त निजामती कर्मचारीका अधिकृतहरु, तस्करहरु र गुन्डा डनहरुको रजगज र वर्चस्व छ । आर्दश सिद्वान्त निस्ठाको राजनिति गर्नेहरु र गर्न खोज्नेहरु पार्टिका भिजलान्तेहरुबाट किनारका साक्षी बन्ने र बन्नुपर्ने स्थीति देखा परिरहेको छ ।
बिशेष त यो रोग काँग्रेस र संसदबादी कम्युनिष्टमा बढि गाँजेको छ । संसद बाहिरका दलहरु पनि अबसर नपाउँदा मात्र अलि राम्रो देखिएका हुन पाएपछि उस्तै हुने देखिन्छ ।
कम्युनिष्ट पार्टिका नेता कार्यकर्तामा संकिणर् मानसिकता जडता, अनुशासन, बिहिनता ,मनोगत ,संकिणर्,आत्मसुरुक्षाबादी र अनुभववादी आफुभन्दा अरुलाई क्रान्तिकारी नदेख्ने, शुद्वतावादी चिन्तन भएका कारण नेपाली कम्युनिष्ट आन्दोलन दिनानुदिन धराशायी बन्दै गइरहेको छ ।
कम्युनिष्ट पार्टि उन्नत र अग्रगामी चेतना बोकेका मान्छेहरुको पार्टि हो । यो श्रमीक वर्गहरुको अग्रदस्ता हो । संसार भर सबैभन्दाराम्रो र सभ्य समाज निर्माण गर्नको लागि बनेको संगठन नै कम्युनिष्ट पार्टि हो । मानव जाती मुक्तिको लागि बनेको संगठन हो । कम्युनिष्टहरुसंग उन्नत विकसित वैज्ञानिक र उच्च प्रकारको चेतना हुन्छ । भौतिक विज्ञानको बिश्वास गर्ने एकलेअर्कोको सम्मान गर्ने माँया गर्ने सहयोग गर्ने सामाजिक सद्भाव राख्ने उत्पीडन नगर्ने शोषणको अन्त्य गर्ने चेतना हुन्छ।
विचारको विकास र कम्युनिस्ट विश्वदृष्टिकोण निर्माण हुन सकेन भने कम्युनिष्ट पार्टि बिचलन र बिघटनको दिशा तीर जान्छ । तर आजभोली नेपालको कम्युनिष्टअ ान्दोलनमा यसको ठिक उल्टो भइराखेको छ । पार्टिभित्र विचारको बहस हुँदैन संम्मेलन र अधिबेशसनहरुमा पार्टिका नेताकार्यकर्ताहरुमा खुल्ला बहस हुनुपर्छ ।
तर बिडम्वना महाधिवेशनहरुमै नेता बन्न तछाड मछाड गर्ने महाधिवेसन हल भित्रै गुटबन्दी गर्ने विकसित राजनितिलाई नबुझने तर झोला बोकेर राजनितिक गर्न लागेको एति उति बर्ष भयो म नेता बन्न पाउँनुपर्छ भन्दै कुर्लिनेका ठुलो सङख्या छ भने अर्कोतर्फ पार्टीमा बुर्जुवाबर्ग हाबी भैसकेको छ ।
बुर्जुवा जीवन शैलीमा रमारहेको ठुलो हिँस्साले जुन चीज उपयोग गरिरहेको छ । त्यो नै उसको महानआर्दश बनेको छ । उसले कम्युनिष्ट बिचार द्वृष्टिकोण राजनितिक सिद्वान्त दर्शनमा प्रतिबध्द अडिक हुनेहरुलाई ढोगि पाखन्डीजड सुत्रवाढी आरोप लगाउँछ ।
कम्युनिष्ट पार्टीमा यस्ता नकारात्मक जीवनशैली र ब्यवहार प्रबृत्तिका कारण नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गइरहेको छ । श्रमजीवी जनता र तल्लो तहका कार्यकर्ताहरुलाई कम्युनिष्ट आन्दोलन प्रतिको भरोसा निराशा बन्दै गईरहेको छ ।
यद्यपी कम्युनिष्ट आन्दोलनलाई गति दिने ,समाजबादमा लाने हो भने फेरि निराशा बनेको आम जनता रकार्यकर्तामा आशा जगाउँदै उर्जा थप्दै वास्तविक कम्युनिष्ट जीवनशैली अपनाउँदै पार्टी भित्र हावि भएका नकरात्मक र दुसशयपूणर् ब्यवहार बिचारहरुलाई निस्तेज पार्दै , टुटफुट,बिभाजनको अन्त्य गरी त्रान्तिकारी कम्युनिष्टहरु एकता हुन अपरिहार्य छ। अझै मुख्य कुरा त झन समाजवादमा लाने हो भनेपूर्व माओबादी घतकहरुको एकता अनिवार्यता छ ।
माओबादी आन्दोलन बिभाजन हुनुको कारण माओबादीआन्दोलन प्रति जनताको वितृष्णा बढ्दै जानुको कारण बिहङगम अनुशिलन गरी आत्मसमिक्षा गर्न जरुरी छ। पार्टी एकता गर्न अहिलेको बस्तुगत रुपमा एकता आबश्यक छ ।
तर नितान्त पार्टी ठुलो बनाउँने चुनाव जित्ने रजगज चलाउँनको लागि मात्र हैन कि साच्चिकै नेपाललाई अहिलेको भिमकाय सङकटबाट निकास दिन र समाजबादका निम्ति अग्रसर भएर माओबादी आन्दोलन फेरि एकचोटी मिल्न जरुरी छ ।
जनता र कार्यकर्ताको तिब्र चाहना मध्ये बस्तुगत परिबेश पनि यहि हो । यस्तो बिषम परिस्थितिमा पनि वस्तुगत अवस्थालाई ख्याल नगरी मनोगत र पुरानै चिन्तनबाट मात्र सोचविचार गर्ने हो भने समाजबादमा पुग्न निकै चुनौति र कठिन हुन्छ ।