
दाङ, १० असोज । सरकारले राष्ट्रिय भूमी आयोग गठन गरेर काम थालेपछि अहिले देशैभरका भूमिहीन सुकुम्बासी जग्गाको लालपुर्जा पाउने आशमा छन् ।
भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा सरकारले नागरिकलाई दिने भनेपछि भूमिहीन सुकुम्बासी खुसी देखिएका हुन् । तर वर्षाँैदेखि लालपुर्जा पाउने आश्वासन पाए पनि दाङका भूमिहीन सुकुम्बासीले लालपूर्जा पाएका छैनन् ।
राष्ट्रिय भूमी आयोगमार्फत घरमै आएको टोलीले फर्म भराएर निस्सा पत्र दिए पनि जग्गा नाप्ने काम अझै नभएको मुक्त कमैयासमेत रहनुभएका घोराही १६ सानी अम्बापुरका, अनिता चौधरीले बताउनुभयो ।सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर काम थालेपछि अहिले दाङसहित देशैभरका भूमिहीन सुकुम्बासी जग्गाको लालपुर्जा पाउने आशमा छन् ।
आयोगको काम सुस्त हँुदा भने भूमिहीन सुकुम्बासीमा केही निराशा छाएको छ । अहिले पालिकाहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लगत सङ्कलन र निस्सा वितरणको काम गरिरहेका छन् ।
जिल्लाका १० वटै पालिकासँग समन्वय गर्दै आयोगको कामलाई व्यवस्थित बनाउन आपूmहरू लागेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दाङका अध्यक्ष लेखराज रेग्मीले बताउनुभयो ।
आयोगमा, दाङका ७६ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको राष्ट्रिय भूमि आयोग दाङले जनाएको छ । उनीहरूलाई लालपूर्जा दिलाउनका लागि जिल्लाका दशवटै पालिकामा काम भैरहे पनि तत्काल लालपूर्जा पाईहाल्ने कुरामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ढुक्क छैनन् ।