दाङ, ८ असोज । वडा अध्यक्षदेखी व्यवसायिक नेतृत्वसम्मको जिम्मेवारी सक्षम रुपमा पुरा गर्न सफल नरेश कुमार श्रेष्ठ यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि बलिया उम्मेद्वारका रुपमा चिनिनु भएको छ ।
लामो समयदेखी व्यवसायिक क्षेत्र तथा विभिन्न क्षेत्रमा राम्रो सफलता भेट्दै आउनु भएका श्रेष्ठले दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि गठबन्धन प्यानलबाट उम्मेद्वारी दर्ता गर्नुभएको हो । उहाँले वर्तमान कार्यसमितीको सचिव पदमा रहेर तिन वर्षे कार्यकालको सफल जिम्मेवारी समेत समाल्हाली सक्नु भएको छ ।
यसका साथै वि.सं. २०५४ सालमा तत्कालिन प्युठानको भिङ्ग्री गाविस वडा नंम्वर २ को वडा अध्यक्षको जिम्मेवारी पुरा गर्नु भएको थियो ।
हरेक हिसावले समाज सेवा र समाजको हितका लागि खर्चन चाहाने श्रेष्ठले त्यत्तिबेला वडा अध्यक्ष हुनुभयो, भने वर्तमान समयमा दाङ जिल्ला उद्योग वाणिज्य संघको सचिव भएर व्यवसायीहरुको हितका लागि आफुलाई खर्चनु भएको छ ।
व्यवसायीहरुको पक्षमा आफुले विभिन्न काम गरेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदमा पनि आफुले जित्नेमा ढुक्क भएको बताउनु हुन्छ ।
२०७१ सालमा दाङको घोराहीमा कोशेली बेकरी सञ्चालन गरेर जिल्लामा पाँच वटा शाखा विस्तार गर्दै व्यवसायिक सफलतामात्रै होईन व्यवसायिहरुको हकहितका लागि पनि काम गर्दै आउनु भएको छ ।
उहाँले तिन वर्ष सम्म उद्योग वाणिज्य संघको सचिवको पदमा रहदा बैंक ब्याज बृद्धिको बिरुद्धमा खरो रुपमा आवाज उठाउनुका साथै हरेक व्यवसायिक समस्यालाई नजिकबाट नियालेर कार्यसम्पादन गर्नुभयो ।
त्यो मात्रै नभई घोराही क्षेत्रलाई लुम्बिनी प्रदेशकै व्यवसायिक हव बनाउने विषयलाई प्राथमिकता दिएर काम गर्दैआउनु भएको छ ।
यसका साथै युवा व्यवसायीहरु विस्थापित हुने क्रम बढ्दै गएको अवस्थामा उनिहरुलाई यस क्षेत्रमा व्यवसाय गर्ने वातावरण तयार गर्ने वियष गम्भिर रुपमा लिएर आफ्नो कार्यकालमा काम गर्नुभएको थियो ।
तिन वर्षसम्म सचिव पदमा रहेर काम गर्दा आफुले व्यवसायिक हितका लागि गर्न चाहेका थुप्रै काम बाकी रहेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएर ति कामलाई पुर्णता दिने दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, दाङमा नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको कामलाई तिव्रता दिन, घोराहीका व्यवसायीहरुलाई विस्थापित हुनबाट रोक्दै यस क्षेत्रमै व्यवसायिक वातावरण श्रृजना गर्न मेरो उम्मेद्वारी हो ।
कुनै पनि संघको जिम्मेवारी सम्हाल्दा समग्रमा समाजको हितलाई सर्वाेपरी ठानेर काम गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गर्दै घोराहीको मसिना हुदै स्वर्गद्वारी जोड्ने बाटोको निर्माणका लागि पनि पहल गर्ने छु ।
घोराहीदेखी स्वर्गद्वारी जोड्ने सडक मात्रै नभई बजारसँग जोडिएका हरेक सडकको विकासलाई प्रभावकारी बनाउन सके निश्चित रुपमा व्यवसायिक गतिविधिलाई क्रियाशिल बनाउन सकिन्छ ।