२०८१ माघ २ गते बुधवार

महिला पत्रकारको अवस्था र चुनौति

छोरी मान्छे अर्काको घरमा जाने जात हो,

पढाउनु हुन्न भन्ने हाम्रो समाजले घरबाट छोरी हिडेको र सामाजिक क्षेत्रमा कलम चलाएर
समाजलाई परीवर्तनको आवाजहरु बुलन्द गरेको पटक्कै मन पर्दैन किनकि ,छोरी घरमा
काम गर्ने मेसिन सोच्ने योसमाजले छोरा छोरी बराबर भन्नु केवल भाषण र कागजको पानामा
सिमित देखिन्छ ।

आज २१औ शताब्दिमा
आईसक्दा पनि छोरी भएकै कारण धेरै पेशामा
चुनौति सँग मुकाबिला गर्नु परेकोछ । भनिन्छ, आमसञ्चार माध्यम समाज तथा राष्ट्रकै ऐना हुन् । आवाज विहिनको आवाज हुन्। सूचना, मनोरञ्जन र ज्ञान प्रदान गर्ने सशक्त माध्यम हुन्। पत्रकारिता क्षेत्र चुनौतीपूणर् र जोखिमपूणर् त छ नै। यो उत्तिकै संवेदनशील तर सम्मानित पेशा पनि हो।

जनताका कुरा राज्यसम्म पुर्‍याउने र राज्यले त्यसबारेमा चाल्ने कदमलाई पुनः जनतासम्म पुर्‍याएर पुलको भूमिका खेल्ने पनि यस क्षेत्रका ठुलो भुमिका रहन्छ । जनताका अधिकार, समानता, स्वतन्त्रताको रक्षासँगै भ्रष्टाचार न्यूनीकरण, विभेदको अन्त्य र राज्यलाई निरन्तर खबरदारी गर्ने यस पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष पनि हो।

त्यसैले हामी पत्रकारितालाई चौथो अंग पनि मान्छौँ।तर त्यहि चौथो अंग मानिने महिला पत्रकारलाई भने यस पेशामा धेरै चुनौति र समस्या रहेको पाईन्छ।बास्तवमा नेपालको परिवर्तनकारी आन्दोलनमा महिला सन्चारकर्मीले खेलेको भुमिका अविस्मरणीय तथा प्रशंसनीय छ।

गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र सामाजिक न्यायसहितकोसमानुपातिक समाबेशी शासन ब्यवस्था जस्ता नेपाली जनताका राजनितिक अधिकार प्राप्तिको आन्दोलनमा महिला पत्रकारको ऐतिहासिक भूमिका छ।

संबिधान निर्माण र कार्यान्वयन ,विनाशकारी भूकम्प ,नाकाबन्दी र विश्वव्यापी महाकारी कोरोना भाईरस तिब्र फैलिरहदा नेपाली महिला पत्रकारले साहसका साथ गरेको सूचना प्रवाह हामी सबैको लागि गौरवको बिषय हो।

नेपालमा पत्रकारीताको ईतिहास गौरबयोग्य छ। नेपाली पत्रकारिताको सुरुवातले करिब एक शताब्दी पार गरिसकेको छ। वि.स. १९०८ मा जंगबहादुर राणा बेलायतबाट फर्कँदा ल्याएको फलामे हाते प्रेसबाट छापाको सुभारम्भ भएको हो।

नेपालमा पत्रकारीताको क्षेत्रको ईतिहास लामो भए पनि वि,स २००८साल ञमहिलाझ मासिक पत्रिकाको जन्म भए देखि नै पत्रकार क्षेत्रमा महिला पत्रकारहरुको सहभागिता रहेको पाईन्छ।

महिला पत्रकारका लागि दोहोरो जिम्मेवारी छ। एकातिर पत्रकारिताको सिद्धान्तमा रहेर पत्रकारिता गर्नुपर्नेछ भने अर्कोतर्फ महिलामाथि भइरहेको उत्पीडन, थिचोमिचो र हिंसाविरुद्ध आवाज उठाउनुपर्ने छ।

राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय एकताको प्रवर्धन, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, विकृति, विसंगति, अन्धविश्वास, कुसंस्कृतिको अन्त्यमा नेपाली महिला पत्रकारहरुको योगदान हुनुपर्दछ भन्ने मलाई लाग्दछ।नेपाल पत्रकार महासंघको तथ्याङ अनुसार हाल देश भरी कार्यरत १३ हजार २सय जना पत्रकार छन जसमा महिला पत्रकार हरु २ हजार ५सयको हारहारीमा रहेको पाईन्छ ।

वि,स २०८०सम्म आईपुग्दा पत्रकारीतामा जगतमा महिला सहभागिता बढ्दै गए पनि महिला पत्रकारहरलाई चुनौति र समस्या पनि रहेको छ।पत्रकारीता क्षेत्र चुनौतिपूणर् र समस्यामुखि त छ नै ।

तर यो पेशा उत्तिक्कै समवेदनशील र सम्मानित छ।चुनौति र समस्याको बाफझुत पनि जनताका कुरा राज्य सम्म पुर्याउँने र राज्यले त्यसबारेमा चाल्ने कदमलाई पुन ःजनता सम्म पुर्याएर मुलको भुमिका खेल्ने पनि महिला पत्रकारले गरिरहेको पाईन्छ ।

मिडिया अत्यन्तै सम्बेदनशील क्षेत्र हो । हजारौं शासित सेना भन्दा पनि एउटा मिडिया शक्तिशाली हुन्छ । प्रजातन्त्रको पूनस्र्थापना पश्चात महिला पत्रकारहरुले नेपाली मिडियामा र पत्रकारितामा हाँगा हाल्ने र पालुवा फेर्ने र उम्रिने मौका पाए जसलाई संवैधानिक ब्यवस्थाले मलजल गरेको भए पनि महिला पत्रकारहरुले अझै चुनौति सग सामना गर्दै आएको पाईन्छ ।

चुनौति र समस्या
नेपाली महिलाहरु निकै लामो समय चुलो र चौकोमा नै सीमित रहे। तितो यथार्थ आज पनि महिलालाई घरायासी काममा नै सीमित रहनु पर्ने सोचबाट नेपाली समाज ग्रसित छ।

महिला मान्छे भएर यो क्षेत्रमा बाहिर हिड्ने, डुल्ने काम भएकोले र समाजले मन नपराउनु नै पहिलो चुनौती हो। पुरुषहरुसँग जानु पर्ने, महिला पुरुष मान्छेहरुसँग संगत गर्दा समाजले छुटै खाले नजरले हेर्ने, आम महिला पत्रकारहरुले भोगिराखेकै समस्या हो ।

अर्को कुरा एक्दमै व्यावसायिक समस्या भनेको हामी महिलाहरुलाई प्रशिक्षणको अवसरहरु एक्दमै कम हुने, र मौका दिन नखोज्ने।’ तालिम, प्रशिक्षण र अभिमुखिकरणमा पनि पुरुष पत्रकारहरु नै हावि हुने कुरालाई ल्याउँन सकिन्छ ।

यस्तै समाचार छापिसकेपछि पनि कहिलेकाहीँ धाक धम्की सहने जोखिम लिने आँट पनि कमै महिलाले गर्छन्।

इज्जत र अस्मिताको धम्की महिला पत्रकारले भोगिरहने समस्या हुन्। खासगरी महिला भएकै कारण पुरुष पत्रकार अर्थात ठूला पत्रकारहरुले विश्वास नगर्ने, जिम्मेवारी दिन नखोज्ने, रिपोर्टिङहरु पनि एक्दमै हल्का खाले दिन खोज्ने यसको मतलव अवसर नदिदा पनि महिलाहरु पत्रकारितामा दबिएका छन्।

२१औ सताब्दिमा पनि योसमाजले बनाइदिएका केही सामाजिक मापदण्ड र प्राकृतिक रूपमा महिलाले पाएका जिम्मेवारीका कारण पत्रकारितामा महिला-पुरूष भन्नु परेको हो।महिला पत्रकारले काम गर्ने वातावरण पनि सुरक्षित बन्न सकेको छैन।

असुरक्षाको अर्थ बलात्कार नै हुनुपर्छ भन्ने छैन्। महिला थोरै भएका कारण सहकर्मीको लवज या चालढालले पनि महिलाले असुरक्षा महसुस गर्न सक्छन्। भौतिक बाहेक जागिरको असुरक्षा अर्को अप्ठयारो पाटो हो।’

‘घरबाट निस्किसके पछि हामी महिलाहरुले सबै समस्याहरु भोग्नु नै पर्छ। आफन्तका हुन्छन्, टोल छिमिकका हुन्छन्, हामी स्थानीय भइसके पछि त झन् बुवाआमाहरुलाई सुनाइएको हुन्छन्। महिलाले भोग्ने भनेको पहिलो चुनौती भनेको उसलाई विश्वास गरिँदैन।

पुरुषले लेखेको समाचारलाई ताली पिट्ने, तर महिलाले त्यही समाचार लेख्दा महिलाले पनि समाचार लेख्ने भनेर खिसी गर्ने कुराहरु सुनिने गर्छ।’ पत्रकारीता गरिरहदां महिला पत्रकारहरले आफ्नो भविष्य कत्तिको उज्यालो देखेको छ भन्ने सवाल पेशागत सुरक्षाको सवाल हो ।

जुन आज पनि निर्धक्कले अपनाउन सकिएको छैन ।भने अर्कोतिर घर व्यवहार पनि सम्हाल्नुछ। पत्रकारिताकै माध्यमबाट महिलामाथिको विभेद, उत्पीडन, हिंसालाई बाहिर ल्याउनु पनि छ।

यस कार्यमा नेपाली महिला पत्रकारहरुले उल्लेख्य योगदान पुर्‍याएको मैले पाएको छु। पितृसत्तात्मक समाजमा परिवारबाट बाहिर निस्केर निर्भिकताका साथ पत्रकारिताका माध्यमबाट महिलामाथिको विभेद, उत्पीडनको न्यूनीकरण तथा समाज रुपान्तरणमा महिला पत्रकारहरुले खेल्नुभएको भूमिकाप्रति म यस अवसरमा सम्मान व्यक्त गर्दछु।

निश्चय नै आज पनि दूरदराजका महिलाहरुका कथा फेरिएका छैनन्। दूरदराजका महिला विभिन्न प्रकारका हिंसाबाट पीडित छन्, अन्याय सहेर बसिरहेका छन्, पत्रकारहरुले कार्यक्षेत्रमा खट्दा विविध समस्याहरु भोग्नुपरिरहेको छ। त्यसमा पनि महिला पत्रकारले बढी समस्या भोग्नुपरिरहेको छ ।

घर, कार्यालय व्यवस्थापनमा महिला पत्रकारले लैङ्गिक विभेदका कारण सिर्जित चुनौतीहरु भोग्नुपरिरहेको छ । समाचार संकलन, सम्पादनका क्रममा विभेद भोगिरहेका छन् ।

समाचार कक्षमा माथिल्लो तहमा महिला पत्रकारको उपस्थिति नहुँदा महिला पत्रकारहरुले भौतिक र पेशागत सुरक्षा नभएको महसुस गर्नुका साथै ती समाचार कक्षको अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ।

यी तमाम चुनौती र समस्याका बाबजुद आज नेपाली पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको उपस्थिति दिनप्रतिदिन बढिरहेको छ । नेपाली पत्रकारितामा २५ प्रतिशत महिला पत्रकारहरुको सहभागिता छ । यो हाम्रो लागि खुशीको कुरा हो।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस