तीज हिन्दू महिलाहरूको महान चाड हो । तीजको धार्मिक पृष्ठभूमि हेर्दा राजा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह कन्यादान भगवान विष्णुसँग गरिदिने बचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउनको लागि पार्वतीले शिवालयको स्थापना गरी पानी पनि नखाई निरहार ब्रत बसिन् ।
यसरी पार्वतीको कठोर ब्रत यसैको कारण शिवजी प्रकट भई चिताएको कुरा पूरा होस् भनि आशीर्वाद दिए र पछि शिव र पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्रशुक्ल तृतीयाको दिन थियो ।
सोही दिनदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्साहको रूपमा महिला दिदीबहिनीहरूले मनाउँदै आएको कुरा पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
यो दिन विषेश गरी महिलाहरू रातो पहिरनमा सुन्दर, टिका, चुरा र रातो सारीमा सजिएर ब्रत बसी श्रीमान् र परिवारको दीर्घायु, सुख, शान्ति, समृद्धिको कामना गर्दछिन् ।
रातो रङ शक्तिको प्रतिकको रूपमा लिने गरिन्छ । त्यसकारण महिला धैर्यवान, शक्तिवान हुन्छन् र रातो रङमा सजिन्छन् । यसमा महिलाको अधिकारका कुरा गर्दा पनि माता पार्वतीले पानि महिला अधिकारको प्रयोग गरेको पाइन्छ ।
महिलाले आफ्नो योग्य वर छान्नु, स्वतन्त्र रूपमा आफ्नोअनुकूल अनुसारको वरसँग जीवन बिताउन पाउनु जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यवहारिक रूपले स्थापित गराउन शान्तिपूणर् रूपले आन्दोलन तपस्यामार्फत गरिन् र आफ्नोअनुकूलले वर छानिन् ।
समाजमा स्थापित गर्न निकै कठिन परिस्थितिको सामना गरिन् । त्यतिबेलादेखि नै महिलाअधिकार र मानवअधिकरको विगुल फुक्ने पहिलो महिला अभियान्ताको रूपमा पनि लिन सक्छौँ ।
जे होस् तीज महिलाको स्वतन्त्रता दिवस पनि हो । यो दिन महिलालाई विषेश छुट दिएको हुन्छ । चाहे त्यो जागीर होस् । चाहे घरमा यो एक प्रकारको महिलामाथि गरिएको सम्मान हो ।
तर एउटा प्रश्न धर्मसँग जोडिएका पूजाआजा, ब्रत, परिवारको सुख, शान्तिको लागि महिलाले मात्र यी सब गर्नुपर्ने, पुरूषहरू महिलाको लागि ब्रत नबस्नु पर्ने, परिवारको सुख शान्तिमा धर्म, कर्मकाण्ड केबल महिलाले मात्रै गर्नुपर्ने, जस्तै सोमबारको एक महिने ब्रतदेखि तीजको ब्रत र हरेक धार्मिक कर्मकाण्ड महिलाले गर्ने तर पुरूषले सोही दिनमा भोजन गरेपनि माफी हुने यो परम्पराले अझै पनि यति धेरै लैंगिक विभेद हाम्रो समाजमा जडा गाडेर बसेको देखिन्छ ।
अझै पनि तीजको ब्रत निरहार बसी बेलुका श्रीमान्को खुट्टाको जल खाएर कमाउने महिलाहरू पनि हाम्रो समाजमा अझै हुन्नुहुन्छ जसले महिला र पुरूषबीचको असमानतालाई कायम राख्न मद्दत गर्दछ । यस्तो अन्धविश्वासलाई त्यागी तीज पर्वलाई महिला र पुरूषको समान अधिकार प्राप्त गर्ने प्रयासमा अगाडि बढौँ ।
श्रीमानले श्रीमतीको र परिवारजनको दीर्घायु र सम्मानका लागि दुवैजनाले तीज पर्वदेखि सबैलाई कर्मकाण्ड या बराबर हिस्सा लिई सहभागी भएमा महिलाको न्याय र समानताको अधिकार समाजमा स्थापित हुने देखिन्छ । महिलाहरू अहिले अरूमाथि आश्रित छैनन् आफै कमाउन सक्ने देश चलाउन सक्ने आवश्यकता र औचितयका आधारमा पैसा खर्च गर्ने सामथ्र्य राख्दछन् ।
त्यसैले घरमा दर खाने हिजोकोे चलन केही विकसित भएको छ । टोल, छिमेक कार्यालय सबैसँग जोडिदै महिलाले एकै दिन अर्थात् तीजको अघिल्लो दिनमा दरखाने कुरा अहिलेको समाजमा सम्भव छैन । यसलाई समयको माग बदलिदो समयले संस्कृतिमा ल्याएको नयाँपनको रूपमा समाजले स्वीकार्न जरूरी छ । अर्कोकुरा चाडपर्वलाई थोरै खर्च एकसरो लाएर पनि रमाइलो गरी मनाउन सकिन्छ । नपुगी नसकी ऋणको भारी बोक्ने गरी मनाउनेतर्फ हामी नलागाँै ।