२०८१ असोज ४ गते शुक्रवार

तत्काल ठुलो पानी पर्ने सम्भावना कम

दाङ, २१ भदौ । मनसुन सक्रिय नरहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

तर, आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान भने रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो लुम्बिनी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति कोशी, गण्डकी र कणर्ाली प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ । यस्तै, आज र भोलि तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस