
दाङ, ३१ साउन । दाङको घोराहीमा कुलोमा बगेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ ज्यामरिेखोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो ।
मंगलबार राती नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृतक बालकको शब पोष्टमार्टम पछि परिवारले बुझेको प्रबक्ता गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार