२०८० फाल्गुन २१ गते सोमवार

रुण्टीगढी गाउँपालिकाले स्व.अध्यक्ष पुनको परिवारलाई वार्षिक ५० हजार सहयोग गर्ने

रोल्पा, ९ साउन । रोल्पाको रुन्टिगढी गाउँपालिकाले वडा नम्बर ४ का अध्यक्ष स्वर्गीय टंक बहादुर पुनका छोराछोरीको पठनपाठन लागि वार्षिक ५० हजार सहयोग गर्ने भएको छ ।

रुन्टिगढी गाउँपालिका गाउँ कार्यपालिकाका मंगलबार बैठकले स्वर्गिय अध्यक्षका छोराछोरीको पठनपाठनका लागि वार्षिय ५० हजार र क्रिया खर्चवाफत २५ हजार रुपैया दिने निणर्य गरेको हो ।

बैठकले स्वर्गीय पुनको धर्मपत्नीलाई रोजगारको समेत व्यवस्था गर्ने निणर्य गरेको गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।

स्क्रब टाइफसका कारण बिरामी भएका वडाअध्यक्ष पुनको असार २७ गते घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस