भालुवाङ ९ साउन । गएरातिदेखि परेको अविरल वर्षाले दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा रहेको एक होटलमा पानी पसेको छ ।
मंगलबार बिहान आएको बाढीले सिसहनियाँ- महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल नजिक होटल सञ्चालन गर्दै आएका वेदनारायण चौधरीको होटलमा क्षति गरेको हो ।
होटलमा पानी पसेपनि सामान भने सुरक्षित राख्न सफल भएको होटल सञ्चालक चौधरीले बताउनुभयो ।
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार