दाङ, २ साउन । लुम्बिनी प्रदेशसहित लगभग सबै प्रदेशमा आज पनि वर्षाको अनुमान गरिएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका पहाडी केही ठाउँमा तथा मधेस प्रदेशका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक÷दुई ठाउँमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्र, कमजोर तथा भिरालो जमिनमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार