२०८१ माघ ८ गते मङ्गलवार

आज चार प्रदेशमा भारी वर्षाको अनुमान

दाङ, १ साउन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ ।

सोमबार देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कणर्ाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । मधेश प्रदेशका थोरै बांकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका एक/दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस