२०८१ चैत्र ७ गते बिहिवार

‘खोपीराम अधिकारी शिक्षा क्षेत्रका धरोहर ’

तुलसीपुर ३१, असार । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्वर्गिय शिक्षक खोपीराम अधिकारी शैक्षिक क्षेत्रका धरोहर भएको बताउनुभएको छ ।

उहाँले शिक्षक अधिकारीले शिक्षा क्षेत्रको सुधारका लागि गरेका कार्यहरु स्मरण गर्न लायक रहेको बताउनुभयो ।

दुर्घटनामा परी निधन हुनुभएका शिक्षक खोपीराम अधिकारीको १३ आँै दिनको पुण्यतिथिमा गरिएको श्रद्वाञ्जली सभामा नगरप्रमुख खड्काले नेपालमा सवारी दुर्घटनाको विकराल अवस्था रहेकाले न्यूनीकरणमा तीनै तहका सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभयो ।

सभामा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले तुलसीपुर ११मा रहेको आधारभूत विद्यालय कटाहामा शिक्षक अधिकारीको सम्झना,सम्मानका लागि स्ट्याचु निर्माण गरिने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेशका सचिव भागवत पौडेलले शिक्षक अधिकारीको संगठनमा महत्वपूणर् योगदान रहेको बताउनुभयो । उहाँले शिक्षक अधिकारीको परिवारका लागि सहयोगका लागि सदैव संगठन तयार रहेको बताउनुभयो ।

शिक्षक अधिकारी असार १५ गते विद्यालयबाट पढाएर आउनेक्रममा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो भने उपचारका क्रममा असार १९ गते ५५ वर्षको उमेरमा निधन भएको थियो ।

शिक्षक अधिकारी तुलसीपुर ११ मा रहेको आधारभूत विद्यालय कटाहाको प्रधानाध्यापक हुनुहुन्थ्यो । कार्यक्रममा शिक्षक खोपीराम अधिकारीका दाजु फरेन्द्रराज अधिकारीले उहाँको जीवनीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस