२०८१ असोज ४ गते शुक्रवार

विश्वविद्यालयका चार विभागमा ताला

दाङ, १४ असार । भव्य दिक्षान्त समारोह सम्पन्न गरी नयां गति लिन थालेको वेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा फेरी पुरानै रोग बल्झिन थालेको छ । त्यहाँका प्राध्यापक डाक्टरहरुले त्यो रोगलाइ तालझुण्डी भाइरसको संक्रमण भनेका छन् । यी सवै भाइरसको एउटै उद्देश्य भनेको भागवण्डामा रोजगारी हो ।

स्ववियु, अनेरास्ववियु र नेविसंघले विभिन्न माग राखेर नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेका छन् । स्ववियुले विश्वविद्यालयको कार्यालयमा असार ८, अनेरास्ववियुले केन्द्रिय आयुर्वेद विद्यापीठमा असार ३ र नेविसंघले सेवा आयोगको कार्यालय र डीनको कार्यालयमाा असार ९ गते तालाबन्दी गरेका छन् । ती विद्यार्थि संगठनहरुले अ–आफ्नो भागमा परेका विभागमा तालावन्दी गरेका हुन् । फरक तालामुनी फरक फरक माग प्रस्तुत गरिएका छन् ।

यसरी पटक पटक तालाबन्दी भएपछि शिक्षा दिने थलोलाई राजनीतिक थलो बनेको स्थानीयहरूको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका –१८ का रमेश रोकाले विश्वविद्यालयको नाम सुन्दा सुन्दर भएता पनि यसलाई राजनीतिक थलो बनाएको बताए । उनले केही मानिसहरूको व्यक्तिगत स्वार्थका कारणले गर्दा यसलाई राजनीतिक थलो बनाएको भन्दै दुख व्यक्त गरे । उनले भने,‘ शिक्षा प्रदान गर्ने ठाउँमा राजनीतिक दल बनाएको हुँदा यहाँ पढाइ भन्दा धेरै तालाबन्दी हुन्छ ।

हामीले हाम्रो छोराछोरीको भविष्यको लागि यहाँ पढ्न पठाउने हो ? तर, यहाँ तालाबन्दी भइरहेको हुँदा उनीहरूको भविष्य नै अन्यौल हुन्छ । ’ उनका अनुसार वर्षमा ३६५ दिनमा २ सय दिन तालाबन्दी हुने गरेको छ । उनले जुन उद्देश्यले यहाँ विश्वविद्यालय स्थापना गरिएको हो ? त्यो अनुसार नभएर यहाँ राजनीतिक करण हुँदा यो पछि परेको समेत बताए ।


‘यसलाई राजनीतिक करण गर्नु राम्रो नभएको भन्दै यति धेरै जग्गा भएको विश्वविद्यालयमा राज्यले लगानी गरेको छ। तर, यहाँ विश्वविद्यालय नभएर अन्य कुनै उद्योगहरू सञ्चालन गरेको भए सयौँ जनाले रोजगार पाउने थिए, होला ? तर, यहाँ विश्वविद्यालयमा पढाइ भन्दा राजनीतिक बढि हुँदा खासै राम्रो भएको छैन् । यसलाई सबैले ध्यान दिन जरुरी छ,’ उनले थपे ।

माग पुरा नभएपछि तालाबन्दी गर्न बाध्य भयौँ : विद्यार्थी


विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि विश्वविद्यालयका कर्मचारीहरू प्राङ्गणमा बसेका हुन्छन् । यता विद्यार्थीहरूले भने विश्वविद्यालयले आफूहरूको मागमा बेवास्ता गरेका कारण तालाबन्दी गरेको बताउँछन् । पटक पटक विभिन्न मागहरू बुझाउँदै आएको भएयता पनि विश्वविद्यालयले बेवास्ता गरेपछि अन्तिम विकल्पका रुपमा तालाबन्दी गर्नु परेको केन्द्रिय आयुर्वेद विद्यापीठ बेलझुण्डीका स्ववियु सभापति हेमन्त बन्जाडेले बताए ।

उनका अनुसार केन्द्रिय आयुर्वेद विद्यापीठ सञ्चालन भएको करिब एक दशक पुग्दा पनि शिक्षण अस्पताल नहुनु, इन्टर्नसिपको भत्ताको उचित व्यवस्थापन नहुनु, पुस्तकालयमा आउने बजेट एकदमै न्यून मात्रा हुनु, छात्रावासको व्यवस्थापन नहुनु जस्ता माग राखेर विद्यापीठको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

यस्तै उनले हिजोका दिनहरूमा आफूहरू सडकमा बसेर विभिन्न मागहरू गर्दै आइरहेको भएयता पनि अहिलेसम्म पनि ति मागहरू सम्बोधन नभएको भन्दै अहिले संस्थागत रुपमा तालाबन्दी गरेका कारण सम्बोधन हुनेमा आशावादी रहेको समेत बताए । उनले गत बैशाख १५ गते विभिन्न मागहरू राखेर विश्वविद्यालयमा माग पत्र बुझाएको भएयता पनि आफूहरूलाई बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरिएको समेत बताए ।


यस्तै केन्द्रिय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङ स्ववियु सचिव गणेश पौडेलले विश्वविद्यालय जस्तो पवित्र ठाउँमा तालाबन्दी नहुनु पर्ने भएयता पनि विद्यार्थीहरूको मागहरूलाई सम्बोधन नगर्दा आफूहरू बाध्य भएर तालाबन्दी गरेको बताए। उनका अनुसार शिक्षण अस्पताल सञ्चालन हुनु पर्ने, छात्रावासको व्यवस्था महिला र पुरुष सबैलाई हुनुपर्ने, लगायतका माग राखेर तालाबन्दी गरिएको हो ।

अहिले विद्यापीठमा शिक्षण अस्पताल नहुँदा विद्यार्थीहरू बाहिर गएर काम गर्नु पर्ने बाध्यता रहेको भन्दै उनले जुनसुकै बेला आफूहरूलाई निकाल्न सक्ने बताए । यस्तै इन्टरसीपमा विद्यार्थीहरूले पाउनु पर्ने पैसा पनि नपाएको पनि उनले बताए । आफूहरूले प्रथम चरणमा क्याम्पस प्रमुखलाई माग पत्र बुझाएको भएयता पनि त्यो मागलाई बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको उनको भनाइ छ ।

उनले भने,‘ तालाबन्दी गर्ने हाम्रो रहर होइन्। हामीहरूले पटक पटक यि मागहरू सम्बोधन गर्न ज्ञापन पत्र बुझाउँदै आएका छौँ । तर, त्यसको कुनै सुनुवाइ नभएपछि अन्तिम विकल्पका रुपमा हामी बाध्य भएर तालाबन्दी गरेको हौँ । अहिलेसम्म पनि कुनै कुरा भएको छैन् ।’ विश्वविद्यालयहरूमा आफुहरुको मागका बारेमा कसैलाई मतलब नभएको भन्दै उनले यहाँ जागिर खानको लागि खोलिएको ठाउँ जस्तो भएको समेत बताए । उनले भने,‘ यहाँ विद्यार्थीहरूको भविष्यको बारेमा भन्दा पनि राजनीतिक भागबन्डाका लागि भर्ती गर्ने ठाउँ भएको छ । हामीले अहिलेसम्म अन्यौलताको हिसाबले पढिरहेका छौँ ।’ यस्तै पहिला विद्यार्थी सङ्गठनहरूले आवाज उठाउँदै आइरहेको भएयता पनि अहिले स्ववियु आइसकेपछि आफूहरूले मागहरू उठाइरहेको समेत बताए । ‘ म यहाँको स्थानीय हो, मैले यहाँको बेथितीको बारेमा बुझिरहेको छु । अब यसको सुधारको लागि हामी जस्ता युवाहरू लागेनौँ, भने विश्वविद्यालय झन पछाडि पर्छ । विश्वविद्यालयको आयश्रोत अहिले कहिँ छैन् । आँपहरू बेचेर नै विश्वविद्यालयको आयश्रोत हुन्छ । तर, यो आँपले पनि धान्न सक्दैन । कर्मचारीहरू धेरै , भर्ती गर्ने ठाउँ भएको छ ।’ उनले भने ।

एक दशकदेखि दरबन्दी विहीन

नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीका अनुसार विश्वविद्यालयले भने करिब एक दर्शकदेखि आयुवर्देको विएएमएसको पठन पाठन शुरु गरेको भएयता पनि अहिलेसम्म राज्यले कुनै पनि दरबन्दी नदिँदा विद्यार्थीको अपेक्षा अनुसारको सेवा सुविधा पु¥याउन सकेको छैन् । यस्तै विद्यार्थीहरूले माग गर्दै आएका कुराहरू मध्य केही विश्वविद्यालयले सम्बोधन गर्दै आएको उनको भनाइ छ ।

उनले भने,‘ इलाइब्रेरीको लागि केन्द्रिय आयुर्वेद विद्यापीठलाई ५ लाख रुपैयाँ यो आर्थिक वर्षमा छुट्टाएको छ । प्रत्येक वर्ष पुस्तक खरिद गर्न २ लाख रकम छुट्टाएको छ । यस्तै यस वर्ष ओपीडी तथा विभाग निर्माणको लागि ४० लाख पुँजीगत बजेटमा छुट्टाइएको छ ।’

यस्तै उनका अनुसार विश्वविद्यालयका देशभर १४ वटा आंगिक क्याम्पसहरू रहेको हुँदा थोरै पुँजीगत बजेट सरकारबाट प्राप्त हुने र त्यसैलाई विनियोजन गरेर काम हुन्छ । यस्तै ठुलो रकम एउटै संस्थामा लगानी गर्न नसकिने भएकाले विद्यार्थीहरूको माग अनुसार सम्बोधन नहुँदा उनीहरु असन्तुष्टि हुने गरेको समेत उनको भनाइ छ । यस्तै छात्रावासको लागि अहिले महिला छात्रावासलाई प्राथामिकता दिएर डीपीआर तयार गर्ने र टेन्डर गर्ने तयारीमा कार्यकारी परिषदले निर्णय गरिसकेको समेत उनले बताए। करिब ६० जना छात्राहरू अट्ने सक्ने छात्रावासको निर्माण हुने समेत उनको भनाइ छ ।


यस्तै उनले पछिल्लो समय विश्वविद्यालयमा आफूहरू आइसकेपछि २ पटक मात्र तालाबन्दी भएको समेत बताए । उनले भने,‘ हाम्रो पदाधिकारीहरूको टिम आइसकेपछि यहाँ भित्र के कस्ता रचनात्मक कामहरू भए, भन्ने बारेमा त्यसको फेरिस्ता तयार गर्नु पर्ने हुन्छ। कति सकारात्मक काम भए कति नराकात्मक काम भए त्यसको छिनोफानो गुण र दोषका आधारमा हुनु पर्ने हो ? कतिपय कुराहरू तालाबन्दी नगरेर सांकेतिक विरोधबाट पनि गर्नु पर्छ ।

तर, त्यसबाट पनि सम्बोधन नभएको खण्डमा तालाबन्दी गर्नु पर्ने हो । यहाँ सबै भन्दा पहिले तालाबन्दी गर्नु पर्छ, भन्ने सोच बनेको छ । ’ गत वर्ष सेवा आयोगको विज्ञापन भएपछि त्यसको विरोधमा तालाबन्दी भएको थियो, भने अहिले विभिन्न माग राखेर विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

अनेरास्ववियुले शैक्षिक क्यालेन्डर तत्काल प्रकाशित गरेर कार्यन्वयन गर्न, प्रत्येक कक्षा कोठामा प्रोजेक्टर तथा ल्यापटपको व्यवस्था गर्न, प्रयोगात्मक कक्षाहरूको गुणस्तर वृद्धि गरि आवश्यक साधनहरू यथाशीघ्र व्यवस्थापन गर्न माग गरेको छ ।

यस्तै प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तकका ब्यवस्था गर्न, बस सञ्चालनमा ल्याई घोराही –तुलसीपुरका विद्यार्थीहरूलाई सहज बनाउन र प्राचार्यको राजिनामा स्वीकृत गरी नयाँ नियुक्ति नियमानुसार विद्यापीठमै कार्यरतहरूबाट बनाउन माग राखेर तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनहरूले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी, सेवा आयोग र विद्यापीठमा तालाबन्दी गरेका छन्।

तालाबन्दी गर्दा शिक्षा आयोगको परीक्षा स्थगित भएको छ । एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट स्ववियुले तालाबन्दी गरेका हुन् । विद्यापीठमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटीले ३ असारमा तालाबन्दी गरेको हो, भने नेविसङ्घले ९ असारमा तालाबन्दी गरेको हो ।

उनीहरूका आआफ्ना माग छन्। त्यस्तै नेविसङ्घले सेवा आयोगमा विज्ञ व्यक्तिको पदपूर्ति गर्नुपर्नेमा व्यक्तिवादी चिन्तन हावी भएको तथा विश्वविद्यालयलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेको छ।

अनेरास्ववियुले शैक्षिक क्यालेन्डर तत्काल प्रकाशित गरेर कार्यन्वयन गर्न, प्रत्येक कक्षा कोठामा प्रोजेक्टर तथा ल्यापटपको व्यवस्था गर्न, प्रयोगात्मक कक्षाहरूको गुणस्तर वृद्धि गरि आवश्यक साधनहरू यथाशीघ्र व्यवस्थापन गर्न माग गरेको छ ।


यस्तै प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तकका ब्यवस्था गर्न, बस सञ्चालनमा ल्याई घोराही ( तुलसीपुरका विद्यार्थीहरूलाई सहज बनाउन र प्राचार्यको राजिनामा स्वीकृत गरी नयाँ नियुक्ति नियमानुसार विद्यापीठमै कार्यरतहरूबाट बनाउन माग राखेर तालाबन्दी गरेको छ । तालाबन्दी गर्दा शिक्षा आयोगको परीक्षा स्थगित भएको छ। एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट स्ववियुले तालाबन्दी गरेका हुन् ।


विद्यापीठमा अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियनको कमिटीले ३ असारमा तालाबन्दी गरेको हो, भने नेविसङ्घले ९ असारमा तालाबन्दी गरेको हो । उनीहरूका आआफ्ना माग छन्। त्यस्तै नेविसङ्घले सेवा आयोगमा विज्ञ व्यक्तिको पदपूर्ति गर्नुपर्नेमा व्यक्तिवादी चिन्तन हावी भएको तथा विश्वविद्यालयलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेको छ । -साक्षिखबरबाट

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस