२०८१ असोज ४ गते शुक्रवार

बिजौरी उद्योग संघको नयाँ नेतृत्वका लागि निर्वाचन : मतगणना केहिबेरपछि चल्दै

बिजौरी, ९ असार । बिजौरी उद्योग संघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको छ । बिहान ८ बजेदेखि शुरु भएको मतदात बेलुका पाँचबजेसम्म भएको हो । सबै पदका लागि भएको निर्वाचनमा ५ सय ७३ मत खसेको छ ।

कुल ६१८ मतदातामध्ये ४५ जना मतदाता अनुपस्थित भएको निर्वाचन संयोजक ललित बहादुर केसीले जानकारी दिनुभयो ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा तीन जना प्रतिष्पर्धामा छन् । संघको नयाँ अध्यक्षका लागि रेश्मीराज खड्का, शिबराज केसी र लेखनाथ खत्री (पुण्टे) प्रतिष्पर्धामा रहनुभएको छ ।

यस्तै संघको वाणिज्य उपाध्यक्षमा डिल्ली बहादुर खत्री र गोविन्द बहादुर रोका क्षेत्री प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै उद्योग उपाध्यक्षमा चित्रबहादुर खड्का र शोभाकर डाँगी ‘रमेश’ प्रतिष्पार्धामा रहनुभएको छ ।

यस्तै महासचिव पदमा दिपक कुमार बस्नेत र दिपेन्द्र बहादुर केसी ‘दिपक’ प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै कोषाध्यक्ष पदका लागि तीन जना प्रतिष्पर्धामा छन् । कोषाध्यक्ष पदका लागि कर्ण बहादुर वली, प्रेमबहादुर बिक र राम बहादुर डाँगी ‘बादलपारी’ प्रतिष्पर्धामा रहनुभएको छ ।

यस्तै सचिव पदका लागि भुप बहादुर वली, लालबहादुर खड्का ‘जीवन’ र रविन्द्र केसी प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै महिला सदस्य एक पदका लागि शारदा केसी, ज्ञानी बस्नेत ‘बसन्ती’ र मालती कुमारी वली प्रतिष्पर्धामा रहनुभएको छ ।

यसैगरी उद्योग सदस्य एक पदमा सुरेन्द्र बहादुर बुढा र राजन लामिछाने प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै सदस्यहरु छ पदका लागि अर्जुन कुमार रेग्मी, कृष्णप्रसाद लामिछाने, देवराज वली, भिमसेन सुनार, यमप्रकाश खड्का, सुर्जमनी खनाल सुरज, खुमबहादुर बस्नेत ‘प्रतिक’, राजकुमार योगी, ज्ञानेन्द्र विष्ट, खिमबहादुर बिक, डंक बहादुर वली र चुडामनी रावत ‘भरत’ प्रतिष्पर्धामा रहनुभएको छ ।

मतगणना बेलुका साढे सातबजेपछि बिजौरी उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस