२०८१ फाल्गुन १ गते बिहिवार

प्युठानमा जीप दुर्घटना : आठ जना गम्भिर घाइते

दाङ, २९ जेठ । प्यूठान जीप दुर्घटना हुँदा आठ जना घाइते भएको छ । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको जीप भिंगृमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाका अनुसार दुई महिला, दुई पुरुष र चार जना बालक गम्भिर घाइते भएका छन् । अचेत अबस्थामा रहेका उनीहरुलाई जिल्ला अस्पताल पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस