दाङ, २६ जेठ । नेपाल संस्कृत विश्वविद्यालयले आउँदो बुधबार पाँचौँ दिक्षान्त समारोह गर्ने भएको छ ।
०६८ सालमा चौथो दीक्षान्त समारोह गरेको विश्वविद्यालयले १२ वर्षपछि बुधबार पाँचौ दिक्षान्त समारोह गर्न लागेको हो ।
विश्वविद्यालयको केन्द्रिय कार्यालय बेलझुण्डीमा हुन लागेको दिक्षान्त समारोहमा १० वटा शैक्षिक सत्रमा विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री, र बिएएमएस गरेका ५ सय ७५ जना विद्यार्थी दीक्षित हुन लागेका हुन् ।
विश्वविद्यालयमा १२ वर्षको अवधिमा ४ हजार ७ सय ७३ उत्तीणर् भएका विद्यार्थीमध्ये दीक्षितका लागि आवेदन दिएका ५ सय ७५ जनामात्रै दीक्षित हुन लागेको शिक्षाध्यक्ष प्राध्यापक डाक्टर भिम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका ६२ जनालाई स्वणर्पदकले सम्मान गरिने भएको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा हुने दीक्षान्त समारोहमा सम्पूणर्ानन्द विश्वविद्यालयका वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी, विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, नेपाल संस्कृत विश्वविद्यालयका सभासद, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मूख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतको उपस्थिती रहने भएको छ ।
दिक्षान्त समारोहका लागि विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर विभिन्न उपसमिति गठन गरिएको छ ।
२०५४ सालमा पहिलो दीक्षान्त समारोह गरेको नेसंविले लगत्तै २०५५ सालमा दीक्षान्त समारोह गरेको थियो । तेस्रो दीक्षान्त समारोह २०५७ सालमा गरेकोमा चौथो दीक्षान्त समारोह २०६८ सालमा भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी पाँचौ दीक्षान्त समारोह गर्न लागेको जानकारी गराएको हो ।
नेसंविका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । कार्यक्रमको सहजीकरण नेसंविका प्रशासक प्रदिप गौतमले गर्नुभएको हो ।