२०८० असोज ११ गते बिहिवार

पश्चिम दाङमा जिप दुर्घटना

दाङ, २२ जेठ । दाङमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बबई गाउँपालिका-७  चरकमटियादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ६४७ नम्बरको यात्रुवाहक जीप शान्तिनगर- ७ खैरेनीमा आज दिउँसो पौने २ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि तुलसीपुर- ५ का २९ वर्षिय सुशीला थापा, घोराहीका १२ बर्षिय कुष्मा बिक, ४२ बर्षिय साबित्रा बिक, बबई गाउँपालिका-७ चरकमटियाका ३३ बर्षिय रक्षिता शाह घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनु भएको छ । 

यसैगरी बबई गाउपालिका- ७ कै ५५ बर्षिय चन्द्राकुमारी हमाल, ११ बर्षिय राकेश बिक, ७० बर्षिय तुलसी पुन, २० बर्षिय भवानी बस्नेत, २७ बर्षिय रमिता चौधरी घाइते भएका छन् । बबई-७ मलै खोलाका २१ बर्षिय तिला बुढाथोकी, रोल्पाको त्रिबेणी गाउँपालिका-४ सिमपानीका २३ बर्षिय पुष्पा बस्याल र उहाकी ४ बर्षिय छोरी दिशिका बस्याल घाइते भएको प्रहरी प्रवक्ता केसीले बताउनुभयो ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप चालक शान्तीनगर गाउँपालिका-७ बुढाडाबरका २२ बर्षिय राजकुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस