२०८१ बैशाख ९ गते आइतवार

मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ

मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ ।

मलाई यी जीवनका मोडहरू अत्यन्तै गतव्यहीन लाग्छन् ।

यी गन्तव्यहीन बाटाहरूमा मान्छे कसरी हिँड्छन् ? म अहिले ठ्याक्कै बच्चा जस्तो भएको छु ।

मेरो मानसपटल खाली छ यतिखेर, म शून्य छु र मलाई सबै थोक शून्य लाग्छ, मूल्यहीन छन् तिनीहरू ।

जीवनका गन्तव्यहीन बाटाहरू कहाँसम्म छ त्यो मलाई थाहा छैन ।

मेरा पद्चापहरू अनवरत लम्किरहेछका छन्, उन्मुक्तिको खोजीमा ।

म खोलामा झरेको पातझैँ बगिरहेको छु बगरै–बगर ।

खोलाको गन्तव्य सुनिश्चित नभएझैँ मेरो पनि गन्तव्य छैन ।

सोचे जस्तो हुन्न जिबन गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ ।

म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु ।

सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ ।

आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु । मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई सबै निस्सार लाग्छ आजकल ।

म मा भएका सबै चीजहरूलाई म मिथ्या देख्छू ।

मैले बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ ! मैले जिन्दगीलाई निस्सारपूर्ण तरिकाले ग्रहण गरेको हैन, मैले जिन्दगीमा दुःखै दुःख प्राप्त गरेको पक्कै हैन, मेरा जीवनका बस्तीहरू उजाडिएका छन र त यो मन बहकिन्छ यसरी ,, मैले आत्ममूल्यांकन गर्न सकिरहेको छैन ।

म आफूलाई तातो रेगिस्तानमा यन्त्रवत् दौडिरहेको ऊँट सम्झिरहेको छु । म आफूलाई समुद्रमा अनायास बतासिएर गन्तव्यहीन भएको छाल जस्तो ठानिरहेको छु । म आफुलाई मेशिन ठानिरहेछु जो यन्त्रवत् भएर वस्तुहरू उत्पादन गर्नमा विवश छ ।

म आफूलाई ऊन कात्ने चर्खामा प्रतिविम्बित गरिरहेछु, जुन धागो चुडिएर असरल्ल छरिन सक्छ । सायद यो उमेरको प्रतिफल हो कि या अतृप्त मुटुको वेग, मैले केही महसुस गर्न सकिरहेको छैन ।

यो जिबन किन मैले बुझ्न सकिरहेको छैन आखिर जिन्दगीको परिभाषा क हो ?

मेरो जिन्दगि देखेर त् यस्तो लाग्छ जिन्दगि भनेको दुख नै दुख को महासागर हो ! येसभित्र आँसु नै आँसु ले भरिपुर्ण भएर पर्खिरहेको छ अनि येही दुखले नै सधै पछ्येरहेको छ कहिले पनि यो दुखले बिरानो मानेन मलाई !

सधैभरी साथ दिदै आइरहेको छ ! कहिले पनि मान्दैन छोडेर जानलाई अनि मेरो साथ जिन्दगि भरि नै नछोड्ने गरि आएको छ मेरो जिबनमा !

दुख ले भने सधै माया गरेर बसेको छ अनि कहिले पनि नछोड्ने गरि बस्छ तर कस्तो बिडम्बना मलाई जसको आबश्येकता छैन जसलाई म माया गर्दिन आफ्नो बनाउन चाहन्न उसले मलाई सधै आफ्नो बनाउछ र माया गर्छ !

जसलाई म आफ्नो बनाउन चाहन्छु उ म संग कहिले पनि नजिकिन खोज्दैन मेरो साथ आउनै मान्दैन अनि टाडा टाडा भाग्छ ! यो सुख कस्तो निस्ठुरी रहेछ म सुखलाई सधै आफ्नो बनाइरहन चाहन्छु !

तर कहिले उ मेरो जिबन म आफ्नो हुन सकेन कस्तो रहेछ यो जिन्दगि जे चाहन्छु तो हुदैन जे चाहदिन तेही हुन्छ ! आज म यो संसारमा आफन्त नै आफन्तहरु को बीच बसेर पनि म एक्लो भैरहेको छु !

यो संसार मलाई खाली नै खाली लागिरहेको छ यो सुन्य संसारमा म एक्लै भौतारिरहेको छु ! मेरो गन्तब्ये खोजिरहेको छु ! मेरो यो अगी बढ्न नसकेका पाइलाहरुलाई सकी नसकी अगाडी बढाउने कोसिस गरिरहेको छु !

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस