तुलसीपुर, १७ जेठ । तुलसीपुर ४ मा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्ष र सचिवका उमेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिव्र पारेका छन् । अध्यक्ष पदका उमेदवार प्रभात थापा मगर र सचिव पदका उमेदवार चन्द्र बहादुर खत्रीले चुनावी घरदैलो अभियानलाई तिव्र पार्नु भएको छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा आफुहरुले मतदाताहरु संगको भेटघाट कार्यलाई तिव्र पारेको अध्यक्ष पदका उमेदवार प्रभात थापा मगरले जानकारी दिनुभयो । समितिका निवर्तमान सचिव समेत रहनु भएका थापाले मतदाताहरुको घरघरमा पुगेर भोट आफनो पक्षमा माग्ने गरेको बताउनुभयो ।
उहाले बनहरी, एक्लेसाल, सुकिदह, छोटीदमार लगाएतका बस्तीमा घरदैलो कार्यक्रम गरेको बताउनुभयो । मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउदै उहाले जित सुनिश्चित भएको दावी गर्नु भएको छ ।
आफु सचिव हुदा हलवार खानेपानीको धारा संख्या बृद्धि संगै थुप्रै भौतिक संरचनाहरु निर्माण भएको उहाले बताउनुभयो । खानेपानी समितिको आउदो शनिवार निर्वाचन हुन लागेको छ ।
अध्यक्ष र सचिव पद बाहेक अन्य पदाधिकारी यस अघि नै सर्वसम्म्त चयन भईसकेका छन् । सहमती हुन नसकेपछि अध्यक्ष र सचिव पदमा सनिर्वाचन हुन लागेको निर्वाचन समितिले जानकारी दिएको छ ।
अध्यक्षमा प्रभात थापा र गठबन्धनबाट प्रकास केसी बिच प्रतिप्रस्र्धा हुन लागेको छ भने सचिव पदमा चन्द्र बहादुर खत्री र गठबन्धनबाट ओमकान्त रिजाल बिच चुनाव हुन लागेको छ ।