२०८२ जेष्ठ ८ गते बिहिवार

रुण्टीगढीमा हाटबजार सञ्चालनमा आउने

रोल्पाको रुन्टीगढी गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको छ । वषौ देखि बन्द रहेको हाटबजार पुनः सञ्चालन हुने भएको छ । रुन्टीगढी गाउँपालिका तथा बिभिन्न सघं सस्थाहरुको पहलमा हाटबजार सञ्चाल हुने भएको हो ।

कृषकहरुले उत्पादन गरेको उपजले उचित मुल्य पाउन नसकेपछि हाटबजार सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । रुन्टीगढी गाउँपालिकाको अधिकांश क्षेत्रमा तरकारीको पकेट क्षेत्र भएपनि कृषकहरु बिचौलिया ब्यापारीको हातमा पर्ने हुँदा उनीहरुले उत्पादन गरेको उपजले उचित मुल्य पाउन सकिरहेको छैन् ।

उपजले उचित मुल्य पाउन नसके पछि कृषकहरु कृषि पेशालाइ ब्यवसायीक मुलक पेशा बनाउन सकेका छैनन् । कृषि पेशाबाट आत्मनिर्भर हुने वातावरण नभएपछि रुन्टीगढी गाउँपालिकामा कृषि पेशा प्रति यूवाको आर्कषण घट्दै गएको छ भने युवाहरु विदेशीन बाध्य भएका छन् ।

यसै कुरालाई मध्यनजर गरेर हाल स्थानीय सरकारले कृषकहरुलाई उचित मुल्य दिन र बिचौलियाबाट बचाउन हाटबजार सञ्चानमा ल्याउन लागेको हो । हाट बजार सञ्चानका लागि रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले पछिल्लो चरणमा निकै सक्रियता देखाउनुभएको छ । हाटबजार सञ्चालनको लागि अहिले टहरा निर्माणको काम भईरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस