
दाङ, १९ बैशाख । दाङ सहित देशभर आज आंशिक देखि सामान्य बदली रहने छ । । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
आज देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार