२०८१ जेष्ठ ९ गते बुधवार

डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी , ८ वैशाख । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते हुनुभएको छ । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धुर्कोट गाउँपालिका वडानम्बर-३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस