
दाङ, ५ बैशाख । दाङमा मोटरसाइकल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो १२ बजे तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको भे १ प ९६३१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको रा ६ प ६५५८ नम्बरको स्कुटर दंगिशरण गाउँपालिका- ७ बुटनिया चोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक बबई गाउँपालिका- ७ का २६ बर्षिय बिशाल पुन र स्कुटर चालक बाँकेको कोहोलपुर- ११ घर भइ हाल दंगिशरण- ७ बस्दै आएका ३२ बर्षिय सुनिता केसी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
घाइते पुनको अबस्था मध्यम रहेको छ । उहाँको बाँया खुट्टामा चोट लागेको छ भने बागर स्वाथ्य चौकीमा उपचार भइरहेको छ । यसैगरी केसीको बाँया हात भाचिएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ । उहाँको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।