२०८१ कार्तिक २० गते मङ्गलवार

तुलसीपुर कारागारमा आफैले चलाएको गोलि लागेर सशस्त्रका सहायक हवल्दारको मृत्यु

दाङ, ३ बैशाख । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीको गोली लागेर मृत्यु भएको छ । केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुकी करिब साढे ८ बजे डयुटीमा खटिएकै अवस्थामा केसीले एसएलआरले आफ्नै चिवुमा हानेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस