२०८१ मङ्सिर २३ गते आइतवार

भण्डारी दम्पतिले संचालनमा ल्याए, आमा डेरी

तुलसीपुर, २९ फागुन । तुलसीपुरमा करिब १५ लाखको लागतमा आमा डेरी संचालनमा आएको छ । तुलसीपुर–७ निवासी देवराज भण्डारी र बसन्ता पाण्डे (भण्डारी) ले आमा डेरी संचालनमा ल्याउनुभएको हो ।

दुध उत्पादनका लागि गाईपालन गरिरहेका भण्डारी दम्पतिले तुलसीपुरको घोराही चोकमा डेरी उद्योग संचालनमा ल्याउनुभएको हो । उत्पादित दुधलाई बजारीकरणमा सहजताका लागि आफै डेरी व्यवसाय संचालन गरेको संचालक भण्डारीले बताउनुभयो ।

डेरी व्यवसाय संचालन गरेसंगै आफु स्वरोजगारीसंगै अरुले पनि रोजगारी पाउने उहाँले बताउनुभयो । आज उहाँको ८२ वर्षिय आमा गोपाकुमारी भण्डारीले रिवन काटेर डेरी व्यवसायको शुभारम्भ गरिएको हो ।

किसानले दुधको मूल्य पनि सहि पाउने र उपभोक्तालाई पनि सुपथ मूल्यमा दुग्धजन्यवस्तु उपलब्ध गराउने संचालक भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस