२०८१ असार ३० गते आइतवार

साँझपख चट्याङ र हुरीबताससहित पानी पर्ने क्रम बढ्ने


दाङ- अबदेखि साँझपख चट्याङ र हुरीबताससहित पानी पर्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

मनसुनअघिको अवस्था सुरु भइसकेकाले बिहान मौसम खुले पनि दिउँसोपछि विस्तारै बादल लागेर चट्याङ र हुरीबताससहित पानी पर्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले एकदुई दिनको अन्तरमा पानी पर्ने क्रम विस्तारै बढ्ने जानकारी दिनुभयो । आज दिउँसोदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस