२०८० फाल्गुन २१ गते सोमवार

आइतबार आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने

दाङ्ग २५,फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था ले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । प्रिअलाटमेन्टको काम सकाएपछि आइतबार बिहान बाँडफाँट गर्ने तयारी भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको हो ।

कम्पनीको शेयरमा पछिल्लो तथ्यांक अनुसार १६ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ७८ करोड रुपैयाँ बराबरको १ करोड ७८ लाख ८ हजार कित्ता शेयरको लागि आवेदन छ । यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरको करिब १०५ गुणाले बढी हो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १६ हजार ९७५ जनाले मात्रै शेयर पाउनेछन् ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो।

सो मध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयर मात्रै वितरण हुनेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस