२०८१ चैत्र ६ गते बुधवार

अधिकार प्राप्तीका लागि गरिएको जनयुद्ध

सबैको लागी जनयुद्द , जनक्रान्ती , जन आन्दोलन महान नहुन सक्छ । हिजो बिभिन्न तवरबाट बर्ग , धर्म, जात, भुगोल, अबस्था, स्थितिलाइ केही सिमित बर्चस्व कायम राखीराख्न चाहने मुठ्ठीभरका शोसक, शासक, जमिनदार, सामान्तीहरुबाट नेपाली जनताको हक , अधिकार प्राप्तीको लागी गरीयको जनताको बिद्रोह जनताका लागी महान हो ।

बर्तमान समयमा आइपुगेको नेपाली समाजको सहि मार्गनिर्देशन र नेतृत्व गर्न अबको एक मात्र बाटो भनेको श्रम र उत्पादन नै हो ।

हरेक सचेत नेपाली नागरीक उत्पादन सङ जोडिन स्वयम व्यक्ति , परिवार , समाज र सिङो रास्ट्र यस्मै केद्रीत हुन आजको दिनमा अपरिहार्य बनेको सत्यलाइ नकार्न सकिदैन श्रम , उत्पादन, आत्मनिर्भर्ता नै समृदीका आधार हुन आधार निर्माण नगरी नारामा सिमित समृद्दी र सुशासन फगत औचित्यहिन गफ मात्र हुन आफ्नो राजनीतिक यात्रा लम्ब्याउने र सत्ता र शक्तीको दुरुपयोग गर्ने प्रवितिको अन्त्य सङै श्रम, उत्पादन र आत्मनिर्भर को निर्माण गर्न सक्ने अबस्थाका लागी नया संघर्ष , नया ढंगले नेपालि समाजसंग सुहाउने अर्को क्रान्ती को सुरुवात सिघ्र गर्नुपर्ने आवश्यकता दिनानुदिन बढ्दै छ ।


महान तथा ऐतिहासिक जनयुद्दको सुरु भयको दिन फाल्गुन १ को अबसर मा सबै परिवर्तनकारी , परिवर्तन पक्षधर जनसमुदाय मा अभिवादन तथा सुभकामना व्यक्त गर्दछु ।


जनयुद्दकै कारण चेतना को स्तर निर्माण तथा चेतनाको बिकास सङै अधिकारको लडाइ लड्न सक्ने अहिलेको नेपाली समाजको अबस्था निर्माण भयको हो भन्दा गलत हुदैन ।


अधिकारका लागी संघर्ष सङै कर्तव्य र जिम्वेवारी पालना गर्न राज्य देखी नागरीक सबै जिम्वेवार र जवाफदेही हुनुपर्ने संस्कार र त्यसका लागी नया शिरा बाट नया ढंगले नेतृत्व गर्न नेपाली राजनीति मा सहि नेतृत्व को अभाव खड्कीयको तितो सत्य लाइ हामीले स्विकार्न सक्नु पर्द्छ ।

उर्जाशिल , दक्ष जनशक्ति र लोभलाग्दो युवा जमात पलायन हुने र सस्तो श्रम बेच्न बाध्य हुने परिस्थितिलाइ प्रोत्साह गर्ने गरी बृदी भैराखेको उपभोक्ताबादी चिन्तन तथा दलाली प्रवितिको बिकासले आयातलाइ मात्र निरन्तरता र त्यसको कारणले देशलाइ अस्थिरता, आर्थीक संकट , अभाव र बलिया रास्ट्रहरुको बिभिन्न योजना मार्फत प्रयोगशाला बनाउने खतरा बढेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस