२०८१ माघ २ गते बुधवार

रुण्टीगढीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु


रोल्पा, ९ मंसिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान रुन्टीगढी गाउँपालिकामा आजदेखि सुरु भएको छ । “सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान”भन्ने मुल नाराका साथ रुन्टीगढी गाउँपालिकाबाट अभियान सुरु भएको हो ।

रुन्टीगढी गाउँपालिकाको प्राङ्खणबाट सुरु भएको प्रभातफेरी होलेरी बजार परिक्रमा गरी होेलेरीको जुर्नेटामा पुगेर कोण सभामा परिणत भएको हो । “महिला हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौ”,“मेरो शरिर मेरो अधिकार”,“वाल विवाह अन्त्य गरौ”, “हिंसा मुक्त समाजको निर्माण महिला र बालबालिकाको अधिकार”,“छोरा छोरी बराबरी”,“लैङ्खिक हिंसा रहित समाज निर्माण”, “लैंगिक हिंसा कानुनी अपराध हो” जस्ता नारा लेखेका पेले कार्ड बोकेर बजार परिक्रमा भएको हो ।

रुन्टीगढी गाउँपालिका रोल्पा, पोषण सुधार परियोजना, गोल परियोजना, रुदास नेपाल,समुन्ति परियोजना र समुदाय प्रहरी साझेदारीको आयोजनामा रुन्टीगढी गाउँपालिकाको होलेरीमा र्‍यालीसहित कार्यक्रम गरि अभियान सुरुवात गरिएको छ ।

प्राभातफेरि कार्यक्रम रुन्टीगढी गाउपालिका उपाध्याक्ष सरिता केसी को अध्यक्षतामा भएको थियो । यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ ।

रुन्टीगढी गाउँपालिकाको प्र्राङ्खणमा बेलुकी ५ बजे पालिका अध्यक्ष जनक पुन द्वारा दिप प्रज्वलन गरेर उदघाटन गरिएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस