२०८१ फाल्गुन ३ गते शनिवार

पश्चिमी वायु सक्रिय : केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना

दाङ, २४ कार्तिक ।
पश्चिमी वायु सक्रिय भएको छ । आज सुदूरपश्चिम र कणर्ाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले पश्चिम क्षेत्रको मौसम हिजोदेखि नै आंशिकदेखि सामान्य बदली भएको छ ।
आज सुदूरपश्चिम र कणर्ाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान छ ।

अहिले दाङसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । बिस्तारै हुस्सु कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ ।

यस्तै, उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस