निर्वाचन के का लागि हुने गर्दछ के हामिले यसको यसको सदुपयोग गरेका छौ त ?
लोकतन्त्रको प्रमुख अङ्गको रुपमा रहेको आवधिक निर्वाचनले मुलुकको विगतको अवस्थाको चित्रण गरी हालको अबस्थाको यथार्थता र भविस्यको उज्ज्वल अवस्थाको सृजना गर्न मद्धत पुर्याउछ ।
निर्वाचनले कुनै एक व्यक्तिको विचार र त्यसको शासन नभई जनताको आवाज सुन्ने जनमतको कदर गरि जनताको भलाई गर्ने कुरामा जोड दिन्छ ।
जनताले जनताद्वारा जनताको निमित्त गरिने शासन व्यवस्थाको नविनतम अबधारणाको रुपमा रहेको लोकतान्त्रिक शासन पद्धतिलाई सार्थकता तुल्याउने निर्वाचनलाई के जनताले सदुपयोग गरेका छ्न त ? यो अहिलेको प्रमुख प्रश्न को रुपमा रहेको छ ।
यस्तो समस्या देखिनुको प्रमुख कारण स्वतन्त्र नागरिक नहुनु हो । निर्वाचन नगरी कसको भोट कति आउँछ भनी आकलन गर्न सकिने अबस्था हुनु दुखद हो । प्रत्येक निर्वाचनमा एउटै ब्यक्ति निर्वाचित हुने र उसले राम्रो काम गर्नुको सट्टा जतिनै नराम्रो काम गरे पनि उसकै पक्षमा मत आउने अवस्थाले गर्दा देशको अवस्था विकारल बन्दै गैरहेको देखिन्छ ।
के हामीले भोट परिवर्तन गर्न नसकेकै हो त ? असक्षम राजनितीक दललाई प्रमुख दल कसले बनायो ?
के हामी अपराध त गरिराको त छैनौँ ? पाटीलाई छोड्न नसक्ने रोग त लागेको छैन् ?
यी विभिन्न किसिमका प्रश्नहरु उठिरहेका छ्न । हामीमा यस्तो समस्या देखा परेको छ कि सोच्न पर्ने र निर्णय लिनुपर्ने बेलामा दिमागको प्रयोग गर्दैनाँै ।
आनन्दले काम गर्ने समयमा अनावश्यक सोच्छौ र समयको बर्बाद गरिरहेका हुन्छाँै
यसको मतलव यो हो कि निर्वाचनको बेला नसोची आफ्नो अमुल्य मतको मतदान गर्नुको सट्टा मुल्य तोकेर बेच्छाँै ।
अनि बाँकी दिनमा आनन्दले काम गरि समृद्ध मुलुक निर्माणमा सहयोग गर्नुको सट्टा यो भएन र त्यो भएन भनी सोच्ने अनि गफ गरेर समय ब्यथित गर्दछाँ।
त्यसैले समय र आफ्नो महत्त्व बुझौँ । पछुताउने काम नगरौँ । त्यसको लागि आगामी निर्वाचनमा मतदान गर्दा ध्यान दिउँ । आफ्नो मात्रै नसोचौँ , भाबी सन्ततिको लागि पनि सोचाँै ।
असल शासन र जनमैत्री शासन निर्माणमा सबैले ऐक्यवद्धता जनाउ । राम्रो नराम्रो छुट्याउ र आफ्नो बौद्धिकताको प्रमाणित गरौँ ।