२०८१ बैशाख ९ गते आइतवार

उमेदवारले आज चुनाव चिन्ह पाउने

दाङ, २६ असोज ।
मंसिर ४ को मिति आउन ३९ दिनमात्रै बाँकी छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदैँ जाँदा चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मंसिर चारपछि चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि दल तथा उमेदवारहरु चुनावी अभियानलाई तिब्र बनाएका छन् ।

निर्वाचन कार्यतलिका अनुसार आजमात्रै चुनाव चिन्ह पाउँदैछन् । कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिँउसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन सक्ने छन् भने आज नै दिँउसो १ बजेदेखि ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

आज अपरान्ह ४ बजेदेखि ७ बजेको बिचमा उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरिने छ । तर प्रचार प्रसारको काम भने अघि बढीसकेको छ । सामाजिक संजालदेखि गाउँसम्म चुनावी गतिविधि बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारहरू चुनाबी प्रचारमा लागेका हुन् ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस