२०८१ चैत्र ८ गते शुक्रवार

तलसीपुरमा सवारी दुर्घटना हुँदा १८ जना घाईते


दाङ, १९ भदौ ।
तलसीपुरमा सवारी दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस तुलसीपुर-७ हात्तिखौवामा दुर्घटना हुँदा तुलसीपुर ७ का १७ बर्षिय स्मृति पुन मगर, सोहि ठाँउका १८ बर्षिय सर्मिला रोका मगर, तुलसीपुर ८ दुधेनाका ५३ बर्षिय इन्दीरा काफ्ले, तुलसीपुर १९ का २८ बर्षिय धना घर्ति हुनुभएको छ ।

त्यसैगरी तुलसीपुर ६ का ५२ बर्षिय सुमित्रा कडेल, तुलसीपुर ९ का ७० बर्षिय तिलकराम खत्री, तुलसीपुर ११ हस्नापुरका ४२ बर्षिय लोकबहादुर गिरी, बस चालक तुलसीपुर १७ का २५ बर्षिय शंकर बिक, सोहि ठाउँका १७ का १९ बर्षि सहचालक बिनोद बिक घाईते भएको ईलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुर १८ का २६ बर्षिय हुमाकुमारी बुढा मगर, तुलसीपुर १२ का ५२ बर्षिय डिला केसी, तुलसीपुर १४ का २८ बर्षिय प्रतिज्ञा बस्नेत, तुलसीपुर ११ कटाहका २८ बर्षिय कल्पना केसी, घोराही १६ सर्राका ३० बर्षिय सुरक्षा रिजाल रेका छन् ।

लमही १ का २१ बर्षिय बसन्ता भुषाल, रोल्पाको होलेरी दुईका ७० बर्षिय सुुनमती सेजुवाल, बर्दियाको बाँसगढी ८ का २३ बर्षिय सुनिल थारु र महोत्तरी घर भई हाल तुलसीपुर ५ बस्दै आएका १९ बर्षिय दिपक कुमार यादब रहेका छन् ।

घाईते भएकाहरु मध्य १० जनाको अबस्था मध्यम र अन्य ८ जनाको अबस्था समान्य रहेको छ । घाईते भएकाहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस