२०८१ जेष्ठ ५ गते शनिवार

घोराही र तुलसीपुरबाट आठ जना बन्दकर्ता पक्राउ


दाङ, ७ भदौ ।
दाङमा बन्द गराउँदै डिड्ने ८ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीले घोराही र तुलसीपुरबाट ४/४ जनालाई नियन्त्रणमा लिएको हो । घोराही-१६ सर्रामा पसल बन्द गराउँदै हिड्ने चार जना र तुलसीपुरको बिरेन्द्र चोकमा सवारी साधान अवरोध गर्ने चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जना पक्राउ परेका छन् । शान्तिपूणर् ढंगले बन्द गराउन सडकमा गएका विद्यार्थी नेताहरूलाई प्रहरीले बिना कारण पक्राउ गर्नु निन्दनीय कार्य भएको र पक्राउ गरिएका ४ जनालाई निःसर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले बताउनुभयो ।

यस्तै तुलसीपुरबाट .हेमन्त प्रकाश वली, संजय वली, सुदर्शन र दिपेन्द्र चार जना पक्राउ परेको जिल्ला इन्चार्ज शितल वलीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले चार जना बन्दकर्तालाई पक्राउ गरिएको अरु अवस्था सामान्य रहेको बताउनुभयो ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस